हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.५ स्थित सानोपोखरामा रहेको नेपाल बैंक लिमिटेडको एटिएम मेसिनको अनलाईन युपिएस र तीन वटा ब्याट्री चोरी भएको छ ।
आइतबार राति अज्ञात ब्यक्तिले एटिएफ मेसिन फोडेर पैसा चोर्न नसकेपछि युपिएस र ब्याट्री गरी १ लाख १० हजार मुल्य बराबरको सामान चोरी गरेको नेपाल बैंक लिमिटेड हेटौंडा शाखाका प्रमुख तेज प्रसाद नेपालले जानकारी दिए ।
“चोरले एटिएम मेसिनको डिजिटल कोर्ड बाहेक सबै लक रहेछ, एटिएम मेसिन बनाउँन १५ दिन लाग्छ, डिजिटल कोर्ड तोड्न नसक्दा पैसा चोरी हुनबाट जोगिएको छ ,” शाखा प्रमुख नेपालले प्रहर खबरसंग भने ।
एटिएम मेसिन तोडफोड र सामान चोरी हुँदा करिब २ लाख ६० हजारको क्षति भएको प्रमुख नेपालले बताए । यस बारेमा प्रहरीबाट अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
बैंकको एटिएमसंगै रहेको हाम्रो पुडासैनी हार्डवेयरमा समेत चोरी भएको थियो । सो पसलमा के कति मुल्य बराबरको सामान चोरी भएको भन्ने खुलेको छैन ।