हेटौंडा – मकवानपुरमा शनिबार सडेको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको राक्सिराङ गाउँपालिका–८ भाईढुल बस्ने ३७ वर्षीया फुलमांया प्रजाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार उनी तीन सातादेखि बेपत्ता थिइन् । उनी यही माघ ५ गते बिहिबार जंगलमा घास काटन भनि घरबाट निस्किएकी थिइन् । घर नफकिएपछि आफन्त र स्थानीयले खोजतलास गर्ने क्रममा माग २८ गते शनिबार आफ्नै घरकैको जन–कल्याण सामुदायिक बनस्थित रूखको हांगामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शव सडेगलेको अवस्थामा फेला परेको थियो । शव पोष्टमाटमको लागि अस्पताल ल्याईएको र घटनाको बारेमा अनुसन्धान भइहरेको प्रहरीेले जनाएको छ ।