प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए

२०८२ असार ६, शुक्रबार १८:१९ बजे

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी प्रमुख (एसएसपी) नवराज अधिकारीले ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास उद्घाटन गरेका छन् । उनले शुक्रबार उक्त ओभरपासको उद्घाटन गरेका हुन् । एसएसपी अधिकारीले ओभरपासको उद्घाटन गर्दा सँगै रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ताली पड्काए । 

उद्घाटन भएसँगै ओभरपासमा सवारीसाधन सञ्चालनमा आएका छन् । यसको ठेक्का आशिष-समानान्तर-रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको थियो ।