हेटौंडा – सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ मा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जुगल–३ गुम्बास्थित याङसामाने डाँडा बस्ने १४ वर्षीया नुर्जी वाङमु तामाङ रहेकी छन् ।
तामाङको घरदेखि अन्दाजी ४० मिटर दक्षिण रहेको आफ्नै बारीमा आलु रोप्ने क्रममा ११ हजार भोल्टेजको प्रशारण बिजुलीको पोलमा एक्कासी छुदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।