हेटौंडा – मकवानपुरमा हावाहुरीको समय सुरु भएसंगै आगलागीका घटना बढ्न थालेका छन् ।
शुक्रबार दिउँसो मकवानपुर थाहा नगरपालिका–१ कुन्छाल फाटमा स्थानीय दिपेन्द्र गोपालीको ४ कोठे कच्चिघर जलेर नष्ट भएको छ ।बिजुलको तारसट भएर आगोलागी हुँदा घर, घरमा रहेको सामनहरु पुर्ण रुपमा जलेर क्षेति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मानविय र चौपायको क्षेति नभएको बताईएको छ ।
घरमा लागेको आगो स्थानीय र प्रहरीको सहायताले करिब एक घण्टापछि नियन्त्रणमा लिइएको थियो । आगलागीबाट करिब दुई लाख बराबरको क्षेति भएको प्रहरीको अनुमान छ ।
यसअघि कैलाश गाउँपालिका–७ सर्सी टोलका फुलबहादुर चेपाङको दुई तले घर जलेर पुर्णरुपमा नष्ट भएको छ । आगलागीबाट चेपाङको अनुमानित ७ लाख रुपैंया बराबरको क्षती भएको थियो ।
त्यस्तै मकवानपुरको बागमती गाउँपालिका–२ कालिखोलामा आगलागी स्थानीय कुल बहादुर स्याङतानको कच्ची घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको थियो । सोही आगेमा परेर ७० वर्षिय आईत सिं स्याङतान घाइते भएका थिए ।
त्यस्तै यही चैत ५ गते राती बकैया गाउँपालिका–७ घमनटोलमा स्थानीय बलबहादुर राईको कच्ची घरमा जलेर नष्ट भएको थियो । त्यहाँ भएको नगद, अन्नपात, लत्ताकपडा र बाख्रा जलेर नष्ट भएको थियो ।
व्यक्तिको घरमा मात्रै नभई सामुदायिक बनमा समेत आगलागी भएको छ । गएको मंगलबार हेटौंडास्थित चुच्चेखोला सामुदायिक बनमा आगलागी भएको थियो । उक्त आगो चुच्चेखोला सामुदायिकका प्रनितिनिधि र स्थानीयहरुले नियन्त्रणमा लिएका थिए ।