हेटौंडा – मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ९ ठुलोचौरमा लोडर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लोडरको सहचालक नुवाकोट घर भएका २८ वर्षीय सागर भण्डारी रहेका छन् ।
चित्लाङ–थानकोट सडक मर्मतको काम गर्दै गरेको काठमाण्डौ सडक डिभिजनको आर डि १०१–०३८ नम्बरको लोडर पल्टिदा किचेर भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए ।
लोडर र लोडर चालक ललितपुर गोदावरी नगरपालिका–१२ बस्ने ५६ वर्षिय धर्म भक्त महर्जनलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडी बढाएको प्रवक्ता भण्डारीले बताए ।