प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

फुटबल संघ मकवानपुरमा बजेटको चाङ, हिसाब–किताब अझै 'ल्याङ फ्याङ'

२०८० असार १४, बिहीबार १२:३९ बजे

हेटौंडा – आर्थिक अनियमितताको बिवादमा परेको जिल्ला फुटबल संघ मकवानपुरलाई बामगती प्रदेश सरकारले  मोटो बजेट विनियोजन गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशको खेलकुद विकास परिषदबाट कार्यान्वयन हुने गरी ५० लाख बजेट छुट्याएको हो ।

फुटबल संघ मकवानपुरको आयोजनामा गत जेठमा चौथो संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता भएको थियो । ११ दिन सञ्चालन भएको उक्त प्रतियोगितामा १ करोड ९ लाख ६७ हजार खर्च भएको आर्थिक बिवरण सार्वजनिक गरेपछि संघ आर्थिक अनियमितताको घेरा बन्दीमा परेको थियो ।

सो बिषयमा छानबिन गरी सत्यतथ्य हिसाबकिताब सार्वजनिक गर्न माग गर्दै खेलकुदमा अबद्ध क्लबका पदाधिकारीहरुले हेटौंडा उपमहानगरपालिका, जिल्ला समन्वय समिति मकवानपुर र प्रदेशकै सामाजिक विकास मन्त्री कुमारी मोक्तानलाई समेत ध्यानर्कषण पत्र बुझाएका थिए ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ संयुक्त युवा क्बलका संयोजनक विशालराज महत बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानलाई ध्यानार्कषण पत्र बुझाउँदै । 

फुटबल संघ मकवानपुरले पाँचौ संस्करणको गोल्डकप सकेपछि चौथो संस्करणको खर्चको बिवरण पादर्शी रुपमा सार्वजनिक गर्ने बताएपनि गरेको छैन । पाँचौ संस्करणको प्रतियोगिता सम्पन्न भएको मितिले एक महिनाभित्र सार्बजनिक गर्ने भने पनि चार महिना वित्दा समेत अतोपत्तो छैन ।

पछिल्ला समय फुटबल संघ मकवानपुर ठुलो प्रतियोगितामा केन्द्रित हुँदा संघकै आयोजनामा हुने जिल्लास्तरको फुटबल प्रतियोगिता भने छप्प जस्तै छ  । प्रत्येक बर्ष हुँदै आएको जिल्ला लिग फुटबल विगत चार बर्षदेखि हुन सकेको छैन । 

२०६२/०६३ को जनआन्दोलनमा शाहदत् प्राप्त सहिदहरुको स्मृतिमा २०६४ सालमा हेटौंडामा पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना फुटबल संघ मकवानपुरले गरेको थियो । करिब ११ बर्षपछि २०७५  सालदेखि यस प्रतियोगितालाई संघकै नेतृत्वमा निरन्तरता दिईदै आएको छ । 

संघले प्रतियोगिता सञ्चालनको अधिकांश रकम जिल्लाको १० स्थानीय तह र प्रदेश खेलकुद विकास परिषदबाट उठाउने गरेको छ । त्यस्तै हेटौंडा स्कुल आफ म्यानेजम्यान्टबाट बुलेट बाईक लिएर प्रतियोगिताको सर्वोउष्कृष्ट खेलाडीलाई वितरण गर्छ भने टिकट विक्रीबाट पानी लाखौँ रकम संकलन गर्ने गरेको छ । 

यो पनि पढ्नुहोस् 

स्थानीय तह सहिद स्मृती गोल्डकपमा लाखौँ अदृश्य खर्च, हिसाब नमिले के–के गर्नुपर्छ ?

हेटौंडामा भएको गोल्डकपको हिसाब ७ महिनापछि सार्वजनिक, केमा कति खर्च भयो(विवरणसहित)