हेटौंडा – घाँस काट्ने क्रममा लडेर रामेछापमा एक जनाको मृत्यु भएको छ ।
लिखु तामाकोशी गाउँपालिका–३ स्थित रहेको कमेरेपानी भिरबाट लडेर स्थानीय ५४ वर्षीया धनमाया बि.क.को मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।