प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

श्रीमतीको उपचार गर्न आएका विष्ट होटेलभित्र मृत भेटिए

२०७९ फाल्गुन ३०, मंगलबार ०४:१९ बजे

काठमाडौं – होटेलभित्र एक युवा मृत अवस्थामा फेला परेका छन्। जुम्लाको बाजुरा जिल्ला जगनाथ नगरपालिका ९६ कोटगाटी गाउँका वर्ष २८ का धिरज विष्ट मृत अवस्थामा फेला परेका हुन्।

मंगलबार बिहान ७ बजे श्रीमती उज्जनाले उठाउन जाँदा मृत भेटिएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन्।

श्रीमती उज्जना बुढाका अनुसार बेलुका मादक पदार्थ सेवन गरेर सुतेका थिए। उनी श्रीमतीको स्वास्थ्य उपचार गर्न जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आएका थिए।

उज्जनाको पाठेघर र छालाको उपचार गर्न आएको रिजालले बताइन् । चन्दननाथ ४ मा अवस्थित तिला कर्णाली अर्ग्यानिक होटेलमा आइतबारदेखि बास बसेका थिए।