हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ मा मोटरसाइलक दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा स्थानीय २४ वर्षीय संजय जिम्बा रहेका छन् ।
जिम्बाले चलाएको बागमती प्रदेश ०३ ००५ प ३६८८ नम्बरको मोटरसाइकल बिहिबार दिउँसो सवा १२ बजे अनियन्त्रित भइ पल्टिएको प्रहरीले जनाएका छ । प्रहरीका अनुसार गम्भीर घाईते भएका जिम्बाको हेटौडा अस्पतालमा उपचार भइरहेको छ ।