हेटौंडा – बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२२, अमलेसगन्जस्थित क्वीक–ट्वान्टी होटलमा एक काम गर्ने कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१२, पदमपोखरी निवासी ५५ वर्षीय विजय थिङ रहेका छन् ।
प्रहरीका अनुसार थिङ साथीहरूसँग गफ गर्दै गर्दा अचानक भुईंमा लडेर घाइते भएका थिए। उपचारका लागि उनलाई चुरेहिल अस्पताल, हेटौंडा लगिएको थियो। अस्पतालले बिहान ११ः३० बजे थिङलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ।यस घटनाको कारण बारेमा थप अनुसन्धान भइरहेको स्थानीय प्रहरी स्रोतले जानकारी दिएको छ।