प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपाल सेमिफाइनलमा

२०८० असार १३, बुधबार ०६:३८ बजे

काठमाडौं – मलेसियामा जारी एसीसी मेन्स यू-१६ ईस्ट रिजनको पहिलो खेलमा नेपालले थाईल्यान्डमाथि सानदार जित निकालेको छ । मलेसियाको बांगीमा भएको खेलमा नेपाल २ सय २५ रनको फराकिलो अन्तरले विजयी भएको हो ।

जितको लागि २ सय ७० रनको विजयी लक्ष्य पछ्याएको थाईल्यान्ड नेपालको घातक बलिङमा १३.२ ओभरमा अलआउट हुदै ४४ रनमा स्तब्ध हुन पुग्यो । यो जितसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ । पराजित थाईल्यान्ड भने प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ । थाईल्यान्ड पहिलो खेलमा घरेलु टोली मलेसियासँग पराजित भएको थियो ।

थाईल्यान्डका लागि स्थेन बेनर्जिले सर्वाधिक १६ रन बनाए । यस्तै दानुफोन १२ रन, ओपनर आर्शिवाद नारायणलार्य र जित सादा शून्य रनमा आउट भए । थाईल्यान्डका ८ ब्याटरले एक रन पनि बनाउन सकेनन् ।नेपालका स्पिनर सन्तोष यादवले ह्याट्रिकसहित ५ विकेट लिए । त्यस्तै अशोक धामीले ३ विकेट लिदा अभिषेक तिवारीले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको थियो । नेपालका निरज कुमार यादवले सर्वाधिक ७४ रन बनाए। नेपाललाई ओपनर निरज कुमार यादव र सुर्यांशु कोइरालाले १३ ओभरमा १ सय १० रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । सुर्यांशुले ४० रन र नरेन भट्ट ५५ रनमा नटआउट रहे । यस्तै, सन्तोष यादव ४२ रन,आषिश लुहार १३, अशोेक धामी ५ र अभिषेक तिवारी १४ रन बनाए ।

थाईल्यान्डका निटपाखन मनुवुनले २ विकेट लिए । यस्तै, ईशान बानेर्जी र पनुवातले दुई दुई विकेट लिँदा जित सादा र पियावत नोद्रीले एक एक विकेट लिए ।