हेटौंडा – मकवानपुर क्षेत्र नम्वर २ को प्रदेशसभा (क) को १७ हजार ०४८ मतगणना हुँदा एक मतले मात्रै अग्रता बनाएका नेकपा एमाले उम्मेदवार विष्णु ढकालले अग्रता फराकिलो बनाउँदै गएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार १९ हजार १३४ मत गणना हुँदा एमालेका ढकाले बामलोकतान्त्रिक गठबन्धनकी कुमारी मोक्तान भन्दा २७० मतले अघि छन् ।
ढकालले ८ हजार ४३७ मत प्राप्त गर्दा मोक्तानले ८ हजार १६७ मत प्राप्त गरेकी छन् । त्यस्तै राप्रपाका राम बहादुर घलेले १ हजार ३८७ मत प्राप्त गरेका छन् ।
