मकवानपुर – हेटौडा उपमहानगरपालिका–१० बसपार्कबाट लागुऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाश गाउँपालिका–६ बस्ने ३२ वर्षीय फुलमाँया घलान र सोहि बस्ने ३४ वर्षीय मनमाँया घलान रहेका छन् ।
प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलिले उनिहरुलाई आठ किलोग्राम लागुऔषधसहित नियन्त्रणमा लिएको हो । प्रहरीले हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उनिहरुको साथबाट दुई वटा झोलामा उक्त परिमाणमा लागुऔषध गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।