काठमाडौं – जिम्बावेमा जारी आइसिसी एकदिवसीय क्रिकेट विश्वकप क्रिकेट छनोट प्रतियोगितामा वेस्ट इन्डिजले दिएको ३४० रनको लक्ष्य पछ्याएको नेपालले चार विकेट गुमाएको छ।
चौथो विकेटको रुपमा कप्तान रोहित पौडेल भए । उनी ४३ बलमा ३० रन बनाएर आउट भएका हुन् । यसअघि ओपनर कुशल भुर्तेल वेस्ट इन्डिजका अल्जारी जोसेफबाट ५ रनमा बोल्ड भए ।
यस्तै भीम सार्की जासन होल्डरको बलमा २ रनमा क्याच आउट हुँदा आसिफ शेख २८ रनमा आउट भए । नेपालले २१ ओभरमा ४ विकेट गुमाएर ८३ रन जोडेर खेलिरहेको छ ।