काठमाडौं – एसिसी यू–१९ एसिया कपमा अहिले नेपाल र पाकिस्तानबीच खेल भइरहेको छ।युएईको दुबईमा जारी खेलमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेको छ। पहिले ब्याटिङ गरिरहेको नेपालले १३ ओभरमा तेस्रो विकेट गुमाएको छ।
नेपालले तेस्रो विकेटको रुपमा कप्तान देव खनाल आउट भए । १३ बलको सामना गरे खनाल शुन्य रनमै आउट हुन पुगे । यसअघि नेपालका आकाश त्रिपाठी ६ रन र तिलक भण्डारी ७ रनमा क्याच आउट भएका थिए।
अहिले क्रिजमा ओपनर अजुर्न कुमाल र उत्तम् थापा मगर रहेका छन् । कुमालले २९ बल सामना गर्दा १६ रन जोडेका छन् भने थापाले १ रन बनाएर खेलिरहेका छन् ।