प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रारम्भिक राष्ट्रिय टोलीमा हिसुब थपलियासहित तीन खेलाडी थपिए

२०८० श्रावण १२, शुक्रबार ०९:४४ बजे

हेटौंटा – राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले आफ्नो प्रारम्भिक राष्ट्रिय टोलीमा थप तीन खेलाडी थपेका छन्। प्रशिक्षक भिन्सेन्जोले जावलाखेल युथ क्लबबाट एडिभिजन लिग खेल्दै आएका फरवार्ड हिसुब थपलिया, फ्रेन्ड्स क्लबका मिडफिल्डर सन्तोष खत्री र कुशल फुयाँललाई राष्ट्रिय टोलीमा बोलाएका हुन् । 

तीन खेलाडी थप गरेसंगै प्रारम्भिक टोलीको संख्या ३३ पुगेको छ ।  मुख्य प्रशिक्षक भिन्सेन्जोले तीन खेलाडी समावेश गर्नुको कारण उनीहरुलाई राष्ट्रिय टोलीमा आवद्ध हुने हौसला र मौका दिएको बताए । ‘मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लबका खेलाडी पनि आफ्नो क्लब प्रतियोगितामा व्यस्त रहनेछन्,’ एन्नेसेले थपे ।

मछिन्द्रले एएफसी कप र आर्मीले डुरान्ड कप खेल्दैछ। यी २ क्लबबाट राष्ट्रिय टिममा बोलाइएका खेलाडीहरु आफ्नो प्रतियोगिता सकिएपछि राष्ट्रिय टिममा सामेल हुनेछन्।

राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा बोलाइएका मच्छिन्द्र र आर्मीबाट खेल्ने खेलाडी आ–आफ्नो क्लबको प्रतियोगिता सकिएपछि राष्ट्रिय टोलीमा आवद्ध हुने प्रशिक्षक अनेसेले जानकारी दिए । राष्ट्रिय टोलीको बन्द शिविर भदौ १ गतेदेखि सुरु हुनेछ ।

फिफा विश्वकप २०२६ को प्रारम्भिक राउण्ड १ मा नेपाल लाओससँग बराबरीमा रोकिएको छ ।होम एण्ड अवे ढाँचा अनुसार नेपालले पहिलो लेग अक्टोबर १२ मा र दोस्रो लेग अक्टोबर १७ मा लाओसमा खेल्नेछ ।

नेपालले दोस्रो चरणमा प्रवेश गरेमा नेपालले दोस्रो चरणको समूह एच मा रहेको युएई, बहराइन र यमन र श्रीलंकाको विजेतासँग खेल्नेछ । दोस्रो चरणका खेलहरू नोभेम्बर २०२३ र जुन २०२४ बीचमा होम एन्ड अवे ढाँचामा खेलाइनेछन्।

नेपाली टोली

गोलकिपरः किरण कुमार लिम्बु (आरजी पञ्जाब), अनिश देउला (जावलाखेल युथ क्लब), दीप कार्की (मनाङ मस्र्याङ्दी क्लब), अभिषेक बराल (सातदोबाटो युथ क्लब)

डिफेन्डरः विमल पाण्डे (त्रिभुवन आर्मी), सनिश श्रेष्ठ (एपीएफ फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मछिन्द्र फुटबल क्लब), आशिष गुरुङ (मनाङ मस्र्याङ्दी क्लब), रोहित चन्द (पर्सिक केद्री), सिमन्त थापा (जावलाखेल क्लब), अनन्त तामाङ (मस्र्याङ्दी क्लब), अनन्त तामाङ (मच्छिन्द्र क्लब) हेल युथ क्लब), अन्जन राई (नेपाल पुलिस क्लब)

मिडफिल्डरः अरिक विष्ट (चर्च ब्वाइज युनाइटेड), सुदीप गुरुङ (सातदोबाटो युथ क्लब), लकेन लिम्बु (थ्रीस्टार क्लब), आवास लामिछाने (एपीएफ फुटबल क्लब), उत्सव राई (मछिन्द्र फुटबल क्लब), विशाल तामाङ (जावलाखेल युथ क्लब), विवेक पौडेल (चर्च ब्वाइज युनाइटेड), कृतिश रत्न छिन्जु (एनआरटी), सन्तोष खत्री (फ्रेन्ड्स क्लब), कुशल फुयाँल (फ्रेन्ड्स क्लब)

फरवार्डः आयुष घलान (संकटा क्लब), नवयुग श्रेष्ठ (त्रिभुवन आर्मी एफसी), अन्जन विष्ट (चर्च ब्वाइज युनाइटेड), मनिष डाँगी (संकटा क्लब), आशिष चौधरी (चर्च ब्वाइज युनाइटेड), विमल घर्ती मगर (मछिन्द्र फुटबल क्लब), गिलेस्पे जंग कार्की (त्रिभुवन आर्मी), दिनेश हेन्जन (त्रिभुवन आर्मी), हिसुब थपलिया (जावलाखेल युथ क्लब)

*सच्याईएको