प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

साफ च्याम्पियनसिप फाइनल: नेपालले रच्ला इतिहास ?

२०७९ आश्विन ३, सोमबार ०९:३६ बजे

हेटौंडा – साफ महिला च्याम्पियनसिपको छैटौं संस्करणको फाइनल खेल आज(सोमबार) हुँदैछ । फाइनल खेल नेपाल र बंगलादेशबीच साँझ ५ बजे काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

महिला साफको इतिहासमा नेपाल र बंगलादेशबीच पहिलो पटक फाइनल हुन लागेको हो । यसअघि यी दुई टोली एकैपटक फाइनल खेलमा पुगेको थिएन । दुई टोलीबीच समूह चरणमा मात्र प्रतिस्पर्धा हुँदै आएको थियो ।

साफ महिला च्याम्पियन इतिहास गर्दा यसअघिको पाँच वटै संस्करण भारतले जितेको थियो । यस संस्करणमा पाँच पटकको विजेता भारत सेमिफाइनलमा नेपालसँग हारेर फाइनल पुग्नबाट वञ्चित भयो । महिला साफले नयाँ च्याम्पियन टोली पाउनेछ । च्याम्पियनमा अर्को देश पनि थपिने छ ।

साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पटक पटक फाइनल खेलेपनि उपाधिबाट विमुख हुँदै आएको छ । नेपालले आजको फाइनल खेलमा बङ्गलादेशलाई हराएर पीडा भुलाउने अवसर छ । यो अवसरलाई सदुपयोग गर्ने लक्ष्य सहित नेपाली टोली मैदान उत्रने छ ।

नेपाल इतिहास रच्ला ?
साफ च्याम्पियनसिपमा नेपाल चार पटक फाइनल खेलेको टोली हो भने बंगलादेश एक पटक मात्रै । फाइनल खेलको अनुभव नेपालसंग धेरै छ । समुह चरणको खेलमा दुबै टोलीले शानदार प्रदर्शन गरेको थियो । तर, यस संस्करणमा पछिल्ला खेलको नजिता गर्दा नेपालको तुलनामा बंगलादेश बलियो देखिन्छ ।

बंगलादेशले भारतमाथि ३–० को फराकिलो जित निकाल्दा नेपालले १–० को साँघुरो जित निकालेको थियो । त्यस्तै भुटानमाथि बंगलादेश ८–० को शानदार जित निकाल्दा नेपालले ४–० को जित निकालेको थियो ।

इतिहास खोतल्दा नेपाल बंगलादेशविरुद्ध अहिलेसम्म अपराजित रहेको छ । नेपाल बंगलादेशमाथि हाबी रहँदै आएको छ । नेपाली टोलीलाई घरेलु मैदान र दर्शकको साथ छ । यसको फाइदा उठाउने मौका नेपाली टोलीलाई छ । तर, खेल खेलाडीको हो, त्यो मैदानमा उत्रिएपछि खेलले नै निर्धारण गर्छ ।

साफ च्याम्पियनसिपको फाइनल नजिता 

२०१० – भारत १–० नेपाल
२०१२ – भारत ३–१ नेपाल
२०१४ – भारत ६–० नेपाल
२०१६ – भारत ३–१ बंगलादेश
२०१९ – भारत ३–० नेपाल

नेपाल भर्सेस बंगलादेश

सन् २०१० जनवरीमा दक्षिण एसियाली खेलकुदमा नेपाल र बंगलादेशबीचको खेल पहिलो पटक ढाकामाभएको थियो । अन्तिम पटक एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

१२ बर्षको अन्तरालमा नेपाल र बंगलादेशवीच हालसम्म ८ खेल भएको छ । तीमध्ये कुनैमा पनि नेपालले हारको सामना गर्नु परेको छैन् । ८ पटक एकअर्काविरुद्ध खेल्दा नेपालले ६ पटक जितेको छ भने दुई खेल बराबरीमा टुंगिएको थियो ।

 २०१० जनवरी–नेपाल १ बंगलादेश ०
२०१० डिसेम्बर– नेपाल ३ बंगलादेश ०
२०१४ नोभेम्बर– नेपाल १ बंगलादेश ०
२०१६ फेब्रवरी– नेपाल ३ बंगलादेश ०
२०१८ नोभेम्बर– नेपाल १ बंगलादेश १
२०१९ मार्च   – नेपाल ३ बंगलादेश ०
२०२१ सेप्टेम्बर– नेपाल २ बंगलादेश १
२०२१ सेप्टेम्बर– नेपाल २बंगलादेश १ 
तीन दिनपछि– नेपाल ० बंगलादेश ०