काठमाडौं – आफ्नै भाइ र भतिजको कुटाईबाट सिरहामा एक जनाको मृत्यु भएको छ । सिरहाको धनगढीमाई नगरपालिकामा १ सोनापुरमा आफ्नै भाइ गंगाप्रसाद यादव र भतिज ३२ वर्षिय जिवछको कुटाईबाट ६८ वर्षिय हेम प्रसाद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार रुखको हाँगा काट्ने विषयमा विवादले उग्ररुप लिएपछि भएको कुटपीटबाट हेम प्रसाद घाईते भएका थिए । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल लहान पुर्याएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्र राज पाण्डेले जानकारी दिए ।
कुटपीटमा संलग्न फरार दुवैजनाको खोजी भईरहेको प्रहरीले जनाएको छ । घटनाको सम्वन्धमा इलाका प्रहरी कार्यालय लहानले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी पाण्डेले जानकारी दिए ।