प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु

२०८० जेठ ३२, बिहीबार ०४:४७ बजे

हेटौंडा – रुपन्देहीको तिलोत्तमा नगरपािलका ६ मा गएराति मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको लु १० प ४६ नम्बरको मोटरसाइकल गएराति साढे ९ बजे अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका रुपन्देहीकै बुटवल उपमहानगरपालिका १८ पोखराबारीका २५ वर्षीय सोहन कुमालको क्रिमसन अस्पताल मणिग्राममा राति सवा १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ ।