प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपालले टस हार्यो

२०७९ फाल्गुन २५, बिहीबार ०३:३१ बजे

काठमाडौं – आईसिसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत घरेलु मैदानमा हुन लागेको अन्तिम सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध टस हारेको छ।

टियु क्रिकेट मैदानमा भएको टसमा पपुवा न्युगिनीका कप्तान असद भालाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्। योसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको छ।

पीएनजीलाई हराएर नेपाल घरेलु सिरिजमा सुखद सुरुआत गर्ने योजनामा रहेको छ । पीएनजी पनि सिरिजको सुखद सुरुआत गर्न चाहन्छ ।

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ। आजको खेलमा कुशल भुर्तेल प्लेइङ ११ मा आउँदा प्रतिश जीसीलाई बेन्चमा राखिएको छ। कुशलले युएईसँगको अन्तिम खेल ग्रोइन समस्याको कारण गुमाएका थिए। 

नेपालको सम्भावित प्लेईङ-११

आसिफ शेख (विकेट किपर),कुशल भुर्तेल,ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान),भिम सार्की,दीपेन्द्र सिंह ऐरी,आरिफ शेख,कुशल मल्ल,करण केसी,सोमपाल कामी र सन्दीप लामिछाने