प्रहर खबर
 २०८१ चैत्र १४, बिहीबार    

मकवानपुर जिल्ला लिग छनोट फुटबल: उपाधि बकैया युवा क्लबलाई

२०८० पौष १, आईतबार ०९:१२ बजे

हेटौंडा – मकवानपुर जिल्ला लिग छनोट फुटबल प्रतियोगिताको उपाधि बकैया युवा क्लबले जितेको छ।

हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशाला हेटौँडामा भएको फाइनल खेलमा बकैयाले पञ्चशिल युवा क्लबलाई ४–० गोलले हराउँदै उपाधि जितेको हो ।

बकैयालाई उपाधि दिलाउनका लागि अभिषेक ब्लोनले २ गोल, छेवंग लामा र सुजन गुरुङले १–१ गोल गरे।

बकैयाका अभिषेक भोलन उत्कृष्ट फरवार्ड, सरोज भोलन उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता बकैयाकै सुजन गुरुङ घोषित भए ।

त्यस्तै पञ्चशिल युबा क्लबका सुकराराज गोले उत्कृष्ट मिडफिल्डर घोषित भए ।

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान सहितको टोली विजेता उपविजेता टोलीका खेलाडीहरुलाई ट्रफि प्रदान गरे ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगितामा १२ टिम सहभागीता रहेको थियो ।

यस प्रतियोगिताबाट मकवानपुर जिल्ला फुटबलका लागि फाइनल खेल्ने पञ्चशिल र बकैया छनोट भएका छन् । 

लिग आगामी चैतमा हुने २८ वटा टोलीबीच हुनेछ । उक्त लिगबाट दुई टिम रेलिगेट हुनेछ ।