प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा देउसी–भैलो खेल्ने क्रम जारी(तस्बीरहरु)

२०८० कार्तिक ३०, बिहीबार २१:५१ बजे

हेटौंडा – नेपालीहरुको दोस्रो ठूलो चाड तिहार । यमपञ्चको पाँचौ दिनमा दिदीबहिनीहरुले दाजुभाईहरुको सुस्वास्थय र दीर्घायुको कामना गर्दै भाईटिका लगाइदिएपछि तिहार सकिन्छ । तर, बागमती प्रदेशको राजधानी हेटौंडामा भने तिहारको रौनक अझै सकिएको छैन ।

विभिन्न समुह तथा संघसस्थाहरुमा आवद्ध भएर भैलीदेउँसी खेल्ने क्रम जारी छ । भैलीदेउँसीको नाच गान गर्ने तथा सांस्कृतिक कार्यक्रम हरिबोधिनी एकादशी व्रत (तुलसी बिवाह) का दिनसम्म खेल्न चलन रहेको जानकारहरु बताउँछन् ।

यसैक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं.२ स्थित संगमचोकमा एक समुह भैलीदेउँसी खेल्दै । तस्बीरहरु