प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाका दुई युवा पक्राउ

२०८० श्रावण १७, बुधबार ०३:१० बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१४ नयाँबस्ती गौरी टोलबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा-११ थानाभर्याङ बस्ने २४ बर्षीय अरबिन बर्णवाल र हेटौंडा–१ चाइना क्वाटर बस्ने ३५ बर्षीय बिनोद प्रजा रहेका छन् । 

आइतबार राजमार्गको भित्री सडक खण्डमा वीरगञ्जबाट हेटौंडाको मयूधापतर्फ आउँदै गरेको ना ३७ प १२४७ नम्बरको मोटरसाइकलमा सवार बर्णवाल र प्रजालाई चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध ओनरेक्स ११ बोतल बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।