प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पर्साबाट लागुऔषध सहित सापकोटा पक्राउ

२०७९ पौष १९, मंगलबार १४:५१ बजे

हेटौंडा – पर्सा वीरगंज महानगरपालिका–१६ स्थित बसपार्कबाट लागुऔषध सहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्जुङ सुन्दर बजार नगरपालिका–८ कुसुण्डे बस्ने २२ वर्षीय अनिल सापकोटा रहेका छन् ।

सापकोटालाई नियन्त्रित लागूऔषध नुफिन ९२ एम्पुल, डाइजेपाम इन्जेक्सन ९२ एम्पुल, हाइड्रोक्लोराइड ईन्जेक्सन ९२ थान सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।