प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा १८ मा २ सय ५९ जना एमालेमा प्रवेश

२०७८ चैत्र १५, मंगलबार १४:०५ बजे

हेटौंडा – हेटौंडाको एक वडामा २ सय ५९ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका १८ नं वडा कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा मंगलबा राप्रपा नेपालका नेता भक्त बहादुर घलान, दिपक पाण्डे र राजन बिश्वकर्माको नेतृत्वमा २५९ जना एमाले प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई बागमती प्रदेशको प्रथम मुख्यमन्त्री डोरमणी पौडेल, हेटौंडा उपमहानगरपालिकाका मेयर बहादुर महत र १८ नं वडाका वडा अध्यक्ष अनिल बानियाँले पार्टी प्रवेश गराएका थिए । भक्त बहादुर राप्रपा नेपालबाट ३ पटक वडाअध्यक्ष भइसकेका ब्यक्ति हुन् ।