प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा निस्सासिएर नवजात शिशुको मृत्यु, आमाबुवा बेहोस

२०७९ माघ २९, आईतबार १४:५८ बजे

हेटौंडा – मकवानपुरमा कोइला बालेर सेक्ने क्रममा निस्सासिएर ४ दिने शिशुको मृत्यु भएको छ ।

जिल्लाको भीमफेदी गाउँपालिका–४, थानसिङ गाउँमा शनिबार आफ्नो घरमा कोइला बालेर सेक्ने क्रममा निस्सासिएर ४ दिनको शिशुको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलमा शिशुका बुबा २६ वर्षीय रुपेश घले र आमा २२ वर्षीया विपना थिङ निस्सासिएर बेहोस भेटिएका छन् ।

उनीहरुलाई शनिबार नै हेटौंडा अस्पतालमा उपचारका लागि ल्याइएको थियो । विपनाको हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारका लागि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।