प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भारतमा काम लगाइदिने नाममा ठगी, थापा मकवानपुर प्रहरीको फन्दामा

२०८१ बैशाख १८, मंगलबार १९:३० बजे

हेटौंडा – भारतमा काम लगाइने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङको छबिसपाथीभेरा गाउँपालिका-४ का सन्तोष थापा रहेका छन्।

उनलाई विभिन्न मितिमा भारतमा राम्रो आम्दानी हुने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

२५ वर्षीय थापा भारतमा राम्रो आम्दानी हुने काम लगाइदिन्छु भन्दै मकवानपुरको बकैया गाउँपालिका-५ का वर्ष २६ का सुरेश थिङसँग दुई लाख चार हजार २८९ र चितवनको राप्ती नगरपालिका-४ भण्डाराका वर्ष २९ का रोशन घिमिरेसँग एक ९२ हजार गरी तीन लाख ९६ हजार २८९ रुपियाँ लिई भारतको मुजफ्फरपुरमा लगेर भने बमोजिमको काममा नलगाई भागेका थिए।

सन्तोषलाई खोजतलासको क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित बसपार्कबाट पक्राउ गरी मकवानपुर जिल्ला अदालत हेटौंडाबाट आठ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।