प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा डुबेर एक बालिकाको मृत्यु

२०८१ आश्विन २९, मंगलबार १८:१४ बजे

हेटौंडा – मकवानपुरमा एक बालिकाको खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ । वाग्मती गाउँपालिका—१ हात्तिढुंगाकी १३वर्षीया रुविना तामाङ चिरुवा खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

रुविनासहित तीन जना बालिकाहरू चिरुवा खोलामा सोमबार दिउँसो नुहाउन गएका थिए । नुहाउने क्रममा उनी खोला डुबेकी थिइन् ।

खोलामा डुबेसँगै नुहाउन गएकी एलिना तामाङले रुविनाको हजुरआमा र हजुरबुबा भनेपछि हतारहतारमा आएर खोलाबाट रुविनालाई निकालेका थिए । रुविनालाई तत्कालै उपचारका लागि झुरझुरेस्थित क्लिनिकमा लगिएको थियो ।

उनको उपचार गर्ने क्रममा नै मृत्यु भएृको प्रहरीले जनाएको छ । सोमबार राति नै पोष्टमार्टम गर्न उनको शव हेटौंडा अस्पताल ल्याइएको छ । रुविना मामा घर बस्दै आएकी थिइन् ।