काठमाडौँ – नेपालका स्टार क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्न टिमसँग नजाने भएका छन् । मंगलबार नेपाल क्रिकेट संघ ९क्यान०ले पत्रकार सम्मेलन गर्दै लामिछाने टिमसँग पाकिस्तान नजाने बताएको हो ।
यही भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली टोली मंगलबार राति १ बजे पाकिस्तान जाँदैछ । लामिछाने मुद्दाका कारण मंगलबार नजाने जनाइएको छ । एसिया कप खेल्न लामिछाने टिमसँग नजाने टिमका व्यवस्थापक प्रदीप मजगयाले बताए ।