काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरूले सिफारिस गरेको उम्मेदवारलाई निर्वाचित भएको घोषणा गरेको छ । आयोगले प्रतिनिधिसभाको ११० र सात वटै प्रदेशका प्रदेशसभाका समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गरेको हो ।
प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १ सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने व्यवस्था रहेको छ ।
जसअनुसार मंसिर ४ को निर्वाचनबाट ७ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेको छ । त्यस्तै प्रदेश नं। १ मा ६, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ६ वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व भएको आयोगले जनाएको छ ।
सांसदको सूची तलको लिंक क्लिक गरेर हेर्नु्होस्