हेटौंडा – ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाको विरोध गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले शनिबार विरोध प्रदर्शन गरेको छ । जिल्ला पार्टी कार्यालयबाट पर्चा,ब्यानरसहित हेटौंडाको बुद्धचोकमा विरोध प्रर्दशन गरेका हुन् ।
आन्दोलनको क्रममा मन्त्रीको गाडी जलाएको बिषयलाई दिएर दुई युवाको ज्यान लिएर गृहमन्त्री आफ्नो अक्षमता प्रस्तुत गरेको र त्यसको जवाफ दिनु पर्ने प्रर्दशनकारीहरुको माग छ । उनीहरुले ‘हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन, घटनाको छानबिन गर्, दोषी माथि कारबाही गर भन्दै प्रदर्शनकारीले नाराबाजी गरेका थिए ।
मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै युवाहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश ज्वालाको राजीनामा समेत माग गरेका छन् । सरकारले घटनाको यथोचित सम्बोधन नगरे शसक्त आन्दोलनमा उत्रिने उनीहरुको भनाई थियो ।