हेटौंडा – पर्सा वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट नियन्त्रित लागूऔषध एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–४ बस्ने ४७ वर्षीय गोपाल बहादुर स्याङ्तान रहेका छन् ।
स्याङ्तानलाई नाईट्राभेट २ सय ४० ट्याब्लेट, वनरेक्स १ सय ९८ पिस र नगद ६५ हजार रूपैयाँसहित शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.७ च ४६४२ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित कारका चालक स्याङ्तानलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।