पर्सा – वीरगंज महानगरपालिका–२१ परवानीपुरबाट करिब १ सय ७२ केजी अवैध लागूऔषध गाँजा सहित डब्लुबी ११ इ ९०३३ नम्बरको ट्याङ्करका चालक भारत घर भएका ४४ वर्षीय लाल बिहारी यादवलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी उक्त ट्याङकरलाई जाँच गर्ने क्रममा ट्याङ्करको तेल हाल्ने भागमा लुकाई छिपाई राखिएको उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
लागुऔषध सहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।