प्रहर खबर
 २०८१ बैशाख १९, बुधबार    

गोर्खा सैनिकलाई नेपाली नागरिकता प्राप्त गर्ने सुविधान दिनुपर्छ : सांसद दाहाल

२०७९ श्रावण ६, शुक्रबार ०९:०५ बजे

काठमाडौं – नेकपा (एमाले) का सांसद कृष्णप्रसाद दाहालले बेलायतमा रहेका नेपाली गोर्खा सैनिकहरुलाई नेपाली नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने बताउनुभएको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबार छलफलको क्रममा संशोधन प्रस्ताव राख्नुहुँदै सांसद दाहालले बेलायतमा रहेका नेपाली गोर्खा सैनिकहरुलाई नेपाल र बेलायत दुवै देशको नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने बताउनुभयो ।

उहाँले नेपाली महिलासँग विवाह गरी नेपालमै १५ वर्षसम्म बसोवास गरेका नेपाली महिलाका श्रीमानलाई पनि अंगिकृत नागरिकता दिनसक्ने प्रावधान राख्नुपर्ने धारणा राख्नुभयो ।