प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा संविधान जलाउन खोज्ने पाँच जना पक्राउ

२०७९ आश्विन ३, सोमबार १६:४३ बजे

हेटौंडा – हेटौंडामा संविधान जलाउन खोजेको भन्दै पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)हेटौंडा नगर युवा मोर्चाका अध्यक्ष बिरेन्द्र श्रेष्ठ सहित ५ जनाको समुहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार सोमबार साँझ हेटौडा–४ हुप्राचौरमा श्रेष्ठको नेतृत्वमा रहेको ५ जनाको समुहले नेपालको संविधानको बिरोधमा संविधान जलाउन खोजेका थिए । जलाउन प्रयोगमा हुने सामाग्री सहित नेतृत्व कर्ता सहित पाँचै जनालाई नियन्त्रणमा लिइएको उनले बताए ।

प्रहरीले अन्य चार जनाको नाम भने सार्वजनिक गरेको छैन । उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।