प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

रोमानियामा एक नेपालीको मृत्यु

२०७९ कार्तिक १७, बिहीबार ११:१४ बजे

काठमाडौं – रोमानियामा एक नेपालीको मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि रोमानिया पुगेका रघुगंगा गाउँपालिकाका ३३ वर्षीय देवेन्द्र पुनको मेसिनमा च्यापिएर मृत्यु भएको हो ।

पुनको बुधबार तिमिश्वारा सहर नजिक भिजिडियास्थित बनेट मेलोन एग्रिकल्चर कम्पनीमा मेसिनले खेतमा आलु खन्ने क्रममा मेसिनको वेल्टमा परी च्यापिएर मृत्यु भएको म्याग्दी प्रवासी नेपाली संघ ९मोना० रोमानियाले जानकारी दिएको छ ।

मोना रोमानियाका अध्यक्ष विजय कुँवरका अनुसार पुन रोजगारीका लागि ३ महिनाअघि मात्र रोमानिया पुगेका थिए ।