प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा एक कुखुरा फर्ममा आगलागी

२०७९ माघ २६, बिहीबार ०६:५४ बजे

हेटौंडा - मकवानपुरको हेटौंडामा बिहीबार बिहान एक कुखुरा फर्ममा आगलागी भएको छ । हेटौंडा उपमहागनरपालिका–१९ गुम्बाचोकमा स्थानीय जयबहादुर गोलेले सञ्चालन गरेको कुखुरा फर्ममा अचानक विद्युत लाईन सट भएर आगलागी भएको जिल्ला प्रहर कार्यालय मकवानपुरले जनाएको छ । 

आगलागीबाट ८ सय कुखुरका चल्ला र १५ बोरा दाना जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। आगलागीबाट करिब ५ लाख २० हजार रुपैयाँ बराबरको क्षेत्री भएको र मानविय क्षेति नभएको प्रवक्ता कार्कीले बताए ।

कार्कीका अनुसार जस्ताको छानो भएको उक्त कुखुराको फर्ममा बिहान साढे ८ बजे लागेको आगो प्रहरी र स्थानीयको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा आएको थियो ।