प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

नेपालका के.सी. गिनिज वल्ड रेकर्डसबाट सम्मनित

२०७९ कार्तिक ५, शनिबार १२:५१ बजे

हेटौंडा – नेपालका रमेश कुमार के.सी. गिनिज वल्र्ड रेकर्डसबाट सम्मनित हुनुभएको छ ।

सर्लाही जिल्लाका ईश्वरपुर नगरपालिका स्थायी घर भएका के.सी.ले क्यालिफोर्निया फिटनेस र योगले आयोजना गरेको सवैभन्दा धेरै मानिस सहभागी भएको लार्जेस्ट वेट लस प्रोग्राममा सहभागी भए बापत छनौट भइ अनलाईन गिनिज वल्र्ड रेकर्डसले सम्मान गरेको हो । के.सी.ले बिगतमा योगा कार्यक्रममा लगातार १८ घण्टा सम्भाषण गरेबापत कीर्तिमान कायम समेत गर्नुभएको थियो ।

४० बर्षिय के.सी.ले भियतनामको क्यालिफोर्निया फिटनेस एण्ड योगामा बिगत ५ बर्षदेखि योगा प्रशिक्षकको रुपमा कार्य गर्दै आउनु भएको छ ।