प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा उपमहानगरको ७ वटा बिषयगत समिति गठन

२०७९ असार २१, मंगलबार ०५:०५ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको ७ वटा बिषयगत समितिमा बिभीन्न व्यक्तित्व चयन गरिएको छ । ११ औं नगर सभाको तेश्रो बैठकले सर्वसम्मत न्यायिकसहित ७ समिति गठन गरेको हो ।

नगरको न्यायिक समिति संयोजकमा उपमेयर राजेश बानियाँ, सदस्य ज्ञानबहादुर थापा, र सदस्यमा सन्तु पाख्रिन रहेका छन् । आर्थिक विकास समितिको संयोजकमा अनिल बानिया, सामाजिक विकास समितिको संयोजकमा रामकृष्ण कोइराला, पूर्वाधार विकास समितिको संयोजकमा दीपक खड्का, वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजकमा फुर्वा दोर्जे लामा, संस्थागत् विकास र सुशासन समितिको संयोजकमा सुनिल मोक्तान रहने गरी समिति गठन गरेको छ ।

त्यस्तै सोमबार बसेको उपमहानगरको पाचौं कार्यपालिका बैठकले जग्गा वर्गीकरण कार्यदल गठन गरेको थियो । सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने संयोजक रहने गरी गठित कार्यदलको अध्ययन प्रतिवेदन प्राप्तपश्चात् नगर प्रमुखको अध्यक्षतामा रहने भूउपयोग परिषद्मा छलफल गरी कार्यपालिकाबाट निर्णय भएपछि लागु हुनेछ । परिषद गठन पश्चात हाल रोक्का रहेको जग्गाको कित्ताकाटलगायत कार्य सुचारु हुनेछ ।

सुरक्षित आप्रवासन कार्यक्रमलाई निरन्तरता दिने निर्णय भएको छ । साबिक गाविसमा समायोजन भएको वडामा अधिकारसहित अधिकृत र लेखापाल खटाइने छ । नगरका सामुदायिक विद्यालयमा रिक्त रहेका स्थायी दरबन्दी तथा राहत कोटामा शिक्षक नियुक्ति गर्न उपमहानगरपालिकाका तर्फबाट शिक्षकको रोष्टर सूची तर्जुमा गर्ने, नगरका स्वास्थ्य संस्थाबाट बीमा सुबिधासमेतमा सहजीकरण गर्ने गरी आधारभुत अस्पताल सञ्चालन गर्न २ डाक्टर (आठौं तह) नियुक्ति गरी परिचालन गर्ने र वृत्तिविकास सम्बन्धि विशेष ऐन, २०७५ खारेज गरी नया“ कानुन तर्जुमा गर्ने निर्णय भएको नगरका प्रवक्ता सबिन न्यौपानेले बताए ।