काठमाडौँ – नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयक संशोधन र परिमार्जन गर्न पहल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले शिक्षा विधेयकलाई आवश्यक संशोधन र परिमार्जन गर्न पहल गर्ने निर्णय गरेको हो ।
सहमतिअनुसार नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने, विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका व्यवस्थाहरुमा संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्नेलगायतमा सहमति जुटेको छ ।
आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएसँगै भोलिबाट शिक्षकहरुको आन्दोलन फिर्ता हुने भएको छ । सहमतिपछि सञ्चारमन्त्री रेखा शर्माले सहमतिअनुसार शिक्षकहरुको आन्दोलन भोलिबाटै फिर्ता हुने बताइन् ।
‘शिक्षक महासंघका प्रतिनिधि र हाम्रो बीचमा छलफल भयो । संसदीय सर्वोच्चता र मागमा छलफल हुँदा शिक्षा विधेयकलाई परिमार्जन गर्दै अघि बढ्ने र संसदमा सहजीकरण गर्ने प्रतिवद्धता सरकारका तर्फबाट व्यक्त भयो’, उनले भनिन्, 'सहमतिसँगै भोलिदेखि नै आन्दोलन फिर्ता हुन्छ ।'