प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

२०८० चैत्र २८, बुधबार २०:१९ बजे

मध्यविन्दु (नवलपरासी) – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा गैंडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ।

कावासोती नगरपालिका–१० रतवल निवासी ९० वर्षीय ज्येष्ठ नागरिक जगरीमाया महतोको गैंडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताए।

कृष्णसार मध्यवर्ती सामुदायिक वनमा भेडा चराउने क्रममा आज दिउँसो १ बजेतिर गैंडाले आक्रमण गर्दा गम्भीर घाइते भएका महतोको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको प्रहरीले जनाएको छ।