मकवानपुरगढी – विजया दशमीको अवसरमा मकवानपुरगढी गाउँपालिकामा भेट्रान्स फुटसल प्रतियोगिता हुने भएको छ । प्रतिभा युवा क्लबको आयोजनामा ३० बर्षमाथिको भेट्रान्स फुट्सल प्रतियोगिता हुन लागेको हो ।
सोमबार पत्रकार सम्मेलन गरी यहि असोज ५ गतेदेखि मकवानपुरगढी गाउँपालिका–३ स्थित भानु मिनीपिचमा सुरु हुने आयोजक क्लबका अध्यक्ष हेम बहादुर योन्जनले जानकारी दिए । प्रतियोगितामा मकवानपुरगढी गाउँपालिक भित्रका खेलाडी तथा क्लबले मात्रै सहभागीता जनाउन पाउनेछन् ।
प्रतियोगिताको बिजेता टोलीले खशी सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपबिजेता हुने टोलीले बोका सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । नक आउटको आधारमा हुने प्रतियोगिताको खर्च २ लाख ५० हजार हुने आयोजकको अनुमान छ ।