हेटौंडा – रुपन्देहीको तिलोत्तमा नगरपालिका १ ड्राइभर टोलमा गएराती गाईसँग ठोक्किँएर मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार बुटवल उपमहानगरपालिका ८ का २३ वर्षीय साईमन मल्ल रहेका छन् ।
प्रहरीका अनुसार गम्भीर घाइते भएका मल्लको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ५१ प ८१९२ नम्बरको मोटरसाइकल गएराती पौने ११ बजे सडकमा हिड्दै गरेको गाईलाई ठक्कर दिएर पल्टिएको थियो । मोटरसाइकल चालकलाई वडा प्रहरी कार्यालय बुटवलले नियन्त्रण्मा लिएको छ ।