प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ट्रकको ठक्करबाट श्रीमान–श्रीमतीको मृत्यु

२०७९ मंसिर ३, शनिबार १३:२५ बजे

काठमाडौं – काठमाण्डौको सुकेधारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । पर्साको ठोरी गाउँपालिका–७ का मोटरसाइकल चालक ४५ वर्षका कुमार राई र राईकी श्रीमती ३८ वर्षकी मेनुकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राई दम्पती चढेको प्रदेश ३–०२–००६४–९७ २७ नम्बरको मोटरसाइकलाई ना ३ ख ५२४७ नम्बरको ट्रकले हिजो दिउँसो ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ठक्करबाट घाइते दुई जनाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । ट्रक चालकलाई प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ ।