प्रहर खबर
 २०८१ बैशाख १४, शुक्रबार    

फुटबल खेलाडी विदेशिने क्रम बढ्दै, अमिर र रवि सहित चार खेलाडी गए अष्ट्रेलिया

२०७९ आश्विन ७, शुक्रबार ०८:५४ बजे

हेटौंडा – पछिल्लो समय राष्ट्रिय फुटबल खेलाडी सुरक्षित भविष्यको खोजीमा विदेशिने क्रमशः बढ्दै गएको छ। राष्ट्रिय फुटबल खेलाडी राजन गुरुङ, रवि थिङ, अमिर श्रेष्ठ र रुमेश बर्तौला बिहीबार अस्ट्रेलिया प्रस्थान गरेका छन् ।

नेपाली राष्ट्रिय टोली तथा एपिएफका रक्षक राजन गुरुङले गत वर्ष भारतविरुद्धको मैत्रीपूर्ण खेलबाट डेब्यु गरेका थिए। अर्को खेलाडी एपिएफका रवी थिङले पनि एपिएफबाटै गत वर्षको शीर्ष लिग खेलेका थिए।

त्यस्तै यु–२३ टोलीका पूर्व खेलाडी अमिर श्रेष्ठ जावलाखेल युथ क्लब र मनाङसहित च्यासलबाट व्यवसायिक फुटबल खेलेका थिए। यु–१८ तथा यु–२३ टोलीका रुमेश बर्तोला पनि गत सिजन च्यासलबाट ए डिभिजन लिग खेलेका थिए।

चार जना खेलाडी मध्ये रवि र अमिर मकवानपुरका हुन् । यसअघि मकवानपुरकै राष्ट्रिय गोलिकपर एलन न्यौपाने फुटबल छाडेर अष्ट्रेलिया गएका थिए भने राष्ट्रिय टोलीका आशिष लामा, सुमन लामा, अजित प्रजापति र हेमन गुरुङ पनि अस्ट्रेलियामै छन् ।