हेटौंडा – तीन जना मिलेर कुटपिट गरी एक जनाको हत्या गरेका छन् । काठमाडौं टोखा नगरपालिका–१ मालुङ बस्ने पाँचथर घर भएका २२ वर्षीय दिपेन लिम्बुलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
कुटपिट घटनामा संलग्न रहेको अभियोगमा मोरङ घर भई हाल काठमाडौं टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बु लगायत ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
टोखा नगरपालिका–१ मालुङस्थित निर्माणाधीन घरमा काम गर्ने कामदारहरूबीच झै–झगडा हुँदा गम्भीर घाइते भएका दिपेन लिम्बुको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।