हेटौंडा – छुट्टाछुटै स्थानमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
काठमाण्डौको पेप्सिकोलामा गएराती पौने १० बजे रोकिराखेको बा २१ च ८८९५ नम्बरको जिपमा बा २१ च ८८९५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक कालिकोट घर भइ कोटेश्वर बस्ने २० वर्षीय धर्मेन्द्र बमको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको उपचारका क्रममा पेप्सिकोला स्थित मदर ल्याण्ड अस्पतालमा मृत्यु भएको हो ।
घाइते भएका मोटरसाइकलमा पछाडी सवार कैलालीका १८ वर्षीय जगदिश शाहीको काठमाण्डौ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जडिबुटीबाट पेप्सिकोलातर्फ जाँदै गरेको मोटरसाइकल सडक छेउमा रोकिराखेको जिपमा ठोकिएर अनियन्त्रित भइ बिजुलीको पोलमा समेत ठोक्किँएको थियो । जिप चालकलाई प्रहरी प्रभाग काँडाघारीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै झापाको बाह्रदशी गाँउपालिका ३ चारपाने राजगढमा गएराती प्रदेश २–०३–१९ प १८ ६४ नम्बरको मोटरसाइकल दुर्घटना हुंदा स्थानिय १९ बर्षीय दिपेश विष्टको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा उपचारको क्रममा राती पौने १ बजे, मृत्यु भएको हो । विष्टले चलाएको मोटरसाइकल अनियन्त्रीत भई गएराती साढे ११ बजे, बिजुलीको पोलमा ठोकिएको ईलाका प्रहरी कार्यालय राजगढ झापाले जनाएको छ ।