प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा मेयर कप फुटबल हुने

२०८० फाल्गुन २९, मंगलबार २१:१२ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । चैत २४ गतेबाट हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा प्रतियोगिता सुरु हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग हुन प्रतियोगितामा नगरको १९ वटा वडा सहभागी हुनेछन् । प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ र उपविजेताले एकलाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरेले जानकारी दिए ।

प्रतियोगितामा तृतीय हुने टीमले नगद ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा करिब १५ लाख रुपैयाँ खर्च अनुमान गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा राष्ट्रिय टोलीमा सहभागी भइसकेका खेलाडीले खेल्न पाउने छैनन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी १० हजार रुपैयाँ नगदसहित सम्मानित हुनेछन् । प्रतियोगितामा विधागतरुपमा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद ५/५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।