ब्राजिलका अधिकारीहरुले फुटबल स्टार नेयमारलाई ३३ लाख डलर जरिवाना गरेका छन्। दक्षिणपूर्वी ब्राजिलको समुद्री किनारमा महल बनाउने क्रममा वातावरणसम्बन्धी नियम मिचेको भन्दै उनलाई जरिवाना गरिएको हो।
उनले विलासी महल बनाउने क्रममा स्वच्छ पानीको मुहान तथा ढुंगाबालुवा सम्बन्धी नियम मिचेको अधिकारीहरुको भनाइ छ। ब्राजिलको दक्षिण किनारमा अवस्थित मंगरातिबामा उनको घर छ। सोही सहरमा महल बनाउँदा कृत्रिम ताल बनाउने क्रममा उनले नियम उल्लंंघन गरेको बताइएको छ।
जरिवानाका अलावा यो विषयलाई स्थानीय सरकारी वकिल, प्रहरी र वातावरण संरक्षण कार्यालयले जाँच गर्ने पनि जनाइएको छ। -एजेन्सी